देशभर १५५९ लाई कोरोना पुष्टि, ७ संक्रमितको मृत्यु
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८९७ पुगेको छ । जसमध्ये ५६ हजार ४२८ जना उपचारपछि निको भएका छन् । २४ घण्टामा १०५७ जना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या २० हजार ८१९ रहेको छ ।
यसैबीच २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको मृत्यु भएको छ । सुनसरीका ६० वर्ष, मोरङका ६० वर्ष, सप्तरीका ३९ वर्षका पुरुष, काठमाडौंकी ३४ र ८६ वर्षकी महिला, ५४ वर्षका पुरुष, रुपन्देहीका ८२ वर्षका पुरुषको मृत्यु भएको छ ।
संक्रमितको मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत