रेम्डिसिभिरकाे मूल्य घट्यो, आवश्यक परे यी व्यक्तिलाई सम्पर्क गर्नुहाेस् !
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लागि प्रयोग गर्दै आएको औषधी रेम्डिसिभिर प्राप्त गर्न सरकारले तोकेका व्यक्ति र संस्थाबाट लिन पर्ने भएको छ ।
यदि कुनै व्यक्तिलाई रेम्डिसिभिर आवश्यक परे सम्बन्धित अस्पताल र चिकित्सकको पे्रस्क्रिप्सन लिएर आधिकारिक आयातकर्ता आयन हेल्थकियरमा जानुपर्नेछ ।
औषधी लिन जाने व्यक्तिले आफ्नो परिचय खुल्ने कागज लिएर जानुपर्ने स्वास्थ्य मन्त्रालयले निकालेको पत्रमा उल्लेख गरिएको छ । औषधी लिनका लागि मन्त्रालयले सम्बन्धित व्यक्तिको मोबाइल नम्बर पनि दिएको छ ।
डा. अबुल अन्सारी ९८००५५५९१०, सुवास ९८१०१९४४१६, विमल ९८४१५०६३७०, कमल ९८५११२४६३९, बाट औषधी लिन सकिने उल्लेख छ ।
ग्राहकले प्रति भाइल ४ हजार ९ सय रुपैयाँमा खरिद गर्न सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले यसअघि रेम्डिसिभिरकाे मुल्य ५ हजार १ सय रुपैयाँ ताेकेकाे थियाे ।
हेल्थपाटी 
तपाईँको अभिमत