सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाइका साथ लाग्न प्रधानमन्त्रीको अपिल
विश्व सुर्तीजन्य पदार्थरहित दिवस शुक्रबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाइका साथ लाग्ने प्रतिवद्धता व्यक्ति गरेका छन् ।
‘सुर्तीजन्य उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने नाराका साथ मनाइएको यस दिवसका अवसरमा प्रधानमन्त्री प्रचण्डले भिडियो सन्देशमार्फत आफ्ना भनाइहरु राखेका छन् ।
भिडियो सन्देशमा प्रधानमन्त्रीले दिएको सन्देश यस प्रकार छ।
नेपालका वर्षेनी ३९ हजार जनाले सुर्तीजन्य पदार्थको सेवनका कारण ज्यान गुमाउने गरेका छन् । सुर्तीजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि निकै घातक र हानिकारक रहेको छ ।
श्वास–प्रश्वास सम्बन्धि रोग, क्यान्सर, मुटुरोग, मधुमेह, मस्तिष्कघात, जस्ता रोगबाट पीडित बिरामीको संख्या बढिरहेको छ यस्ता पदार्थ सेवन गर्न नजिकै बस्ने अरुलाई पनि यसले उत्तिकै असर गरिरहेको हुन्छ ।
सुर्तीजन्य पदार्थ सेवनबाट निम्तिने गम्भीर स्वास्थ्य परिणामलाई न्यूनिकरण गर्ने उद्देश्यले नेपाल सरकारले सन २००३ मा सुर्तीजन्य पदार्थ रोकथाम सम्बन्धि महासन्धीमा हस्ताक्षर गर्नुका साथै आवश्यक कानुन तर्जुमा गरी कार्यान्वयनमा जोड दिँदै आएको छ ।
यसका साथै महिला, बालबालिका, विद्यार्थी, जेष्ठनागरिकलाई यसको असरबाट बचाउन विशेष पहल गर्दै आएको छ । आम नागरिकलाई यसको असरबाट बचाउन विशेष पहल कदमी गर्दै आएको छ।
विद्यामान काुननी प्रावधानका आधारमा यस्ता हानिकारण सुर्तीजन्य वस्तुको उत्पादन विक्रि, वितरणमा नियन्त्रण तथा नियमन गर्न सार्वजनिक स्थललाई धुम्रपान निषेधित क्षेत्र बनाउन र यस्ता स्थलमा सुर्तीजन्य पदार्थ विक्रि वितरणमा रोक लगाउन कार्यलाई थप कडाइका साथ लागू गर्न संघ, प्रदेश र स्थानीय सरकार सबैको साझा, भूमिका र सहकार्य आवश्यक छ ।
तर सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकार एक्लैको प्रयास मात्रै पर्याप्त हुँदैन। म सुर्तीजन्य पदार्थको सेवन गर्दिन भन्ने संकल्पका साथ आफूबाटै आफूलाई रुपान्तरण गर्न सकेमात्रै यो अभियानले सार्थकता पाउँछ ।
पछिल्लो समयमा सुर्तीजन्य पदार्थको उत्पादन गर्ने उद्योगहरुले सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट युवाहरुलाई सुर्तीजन्य पदार्थप्रति आकर्षित गराउन खोजिएको पनि पाइन्छ । यसतर्फ सचेत रहन र युवाहरुलाईसुर्तीजन्य पदार्थको कुलतमा लाग्न नदिन नियन्त्रणका उपाय कडाइकासाथ अवलम्बन गर्न र जनचेतना बिस्तारका लागि म तीनवटै तह, संघ–संस्था, सञ्चार जगत, नागरिक समाज र सबै जनतामा हार्दिक अपिल गर्दछु ।
सुर्तीजन्य पदार्थ सेवनले पैदा गर्ने विभिन्न शारीरिक र मानसिक असरलाई रोकथाम गर्न विशेष गरी बालबालिकालाई जोगाउन कानुनको प्रभावकारी कार्यान्वयन गर्दै यसको प्रयोगलाई निरुत्साहित गर्ने अभियानमा हातेमालो गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।
हेल्थपाटी
तपाईँको अभिमत