काठमाडौंको मेयरमा बालेन : प्रत्येक वडामा चिकित्सक, डायोग्निस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरु गर्ने
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साह निर्वाचित हुनुभएको छ ।बिहीबार सकिएको मतगणना परिणामअनुसार साह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित हुनुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याउनुभयो ।
यस्तै, एमालेका केशव स्थापित ३८ हजार ११७ मतसहित तेस्रो स्थानमा रहनुभयो। बालेन साहले सार्वजनिक गर्नुभएको घोषणा पत्रमा स्वास्थ्यका ९ बुँदे विषय छन्।
उहाँले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फर्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायोग्निस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गर्ने, स्वास्थ्य बीमा, एम्बुलेन्स सेवा तथा स्वास्थ्य कार्ड सेवाका विषय घोषणा पत्रमा उल्लेख गर्नुभएको छ।
हेल्थपाटी
तपाईँको अभिमत