चीनमा ३ वर्षमाथिका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिइने
अ +
अ -
काठमाडौं । चीनले ३ वर्षमाथिका बालबालिकालाई पनि लगाउन मिल्ने कोभिडविरुद्धको खोपलाई आपत्कालीन अनुमति दिएको छ ।
चीनको स्वास्थ्य विभागले सिनोभ्याक्य बायोटेकले निर्माण गरेको खोपलाई आपत्कालीन अनुमति प्रदान गरेको हो ।
यसअघि १८ वर्षभन्दा माथिकालाई मात्र खोप लगाउन अनुमति प्राप्त थियो । हाल सिंगापुर हङकङ र अमेरिकामा १२ वर्ष माथिकालाई खोप लगाउन सुरु गरिएको छ ।
सिनोभ्याकका सिइयो यिन वाईदोङले ३ वर्षदेखि १७ वर्षसम्मका बालबालिकामा गरेको दुई चरणको परीक्षणमा यो खोप १८ वर्षमाथिकालाई जत्तिकै प्रभावकारी देखिएको दाबी गर्नुभएको छ ।
चीनमा हाल आम नागरिकलाई पनि तिव्र रुपमा खोप अभिया चलाइएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत