देशभर ११२ कोरोना संक्रमित थपिए, ५४ जना काेराेनामुक्त
४ जनाकाे मृत्यु
अ +
अ -
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९४४ जनाको पीसीआर परीक्षण भएकोमा ११२ जनालाई संक्रमण पुष्टि भएको छ । साेही अवधिमा ५४ जना संक्रमित काेराेनामुक्त भएका छन् भने ४ जनाकाे मृत्यु भएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ जसमध्ये २ लाख ७० हजार २७७ निको भएका छन् । कोरोना संक्रमित मृतकको संख्या भने २ हजार ७७१ रहेको छ ।
तपाईँको अभिमत