मात्रा नमिलाई खोप लगाइयाे, १० जनालाई लगाउनपर्ने खोप ११ जनालाई

फाइल फोटो
कोरोना विरुद्धको खोप अभियानमा चरम लापरबाही भएको पाइएको छ । खोप हराएको सम्बन्धमा छानबीन गर्न बनेको समितिले अध्ययनका क्रममा अभियान अव्यवस्थित रहेको पाइएको जनाएको हो ।
२४ लाख मात्रा खोप हराएको समाचार आएपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले सो सम्बन्धमा सोधखोज गर्न छानबीन समिति बनाउनु भएको थियो । तर खोप हराएको होइन प्राप्त गरेको भन्दा बढी खोप नेपालमा रहेको तथ्यांकमा देखिएको छ ।
प्राप्त विवरण अनुसार ४ लाख ५५ हजार ३५५ मात्रा खोप बढी रहेको देखिएको समितिको भनाइ छ । समितिका अनुसार विभिन्न स्थलगत अवलोकन, अन्तरकृया र सन्दर्भ समाग्रीका अध्ययन गर्दा १० मात्राको भायलमा ११ जनासम्मलाई लगाएको पाइएको छ ।
१५ दिनभित्र प्रतिवेदन बुझाउनेगरि माघ १६ गते प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोकत्वमा ५ सदस्यिय छानबिन समिति गठन भएको थियो । जसमा जनस्वास्थ्य प्रशासक यशोदा अर्याल,उपसचिव अनिल थापा, उप स्वास्थ्य प्रशसक डा. अभियान गौतम हुनुन्थ्यो भने वरिष्ठ स्वस्थ्य प्रशासक डा.गुणनिधि सदस्य सचिव रहनु भएको थियो ।
समितिले ७७ वटै जिल्ला र ७५३ स्थानिय निकायलाई खोपको तथ्यांक मागेको थियो । जसअनुसार माघ २१ गतेसम्म नेपालले ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप प्राप्त गरेको छ जसमध्ये ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप प्रयोग भएको छ भने ५६ हजार ९०८ मात्रा खोप खेर गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
१ करोड २३ लाख ३७ हजार ६६५ मात्रा खोप मौज्दात रहेको छ । २०७७ माघ १४ गतेबाट नेपालमा कोरोना विरुद्धको खाप लगाउन सुरु गरिएको थियो ।
कोरोना विरुद्धको खोप निशुल्क भएपनि केही व्यक्तिहरुले पैसा तिरेर खोप लगाएको भनी उजुरी परेको र सो उजुरीउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरि मुुद्धा दायर गरेको प्रतिवेदनमा भनिएको छ ।
बुस्टर मात्रा लगाउने सम्बन्धि आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका केही व्यक्तिले पहिलो खोप भनी बुस्टर लगाएको पाइएको छ । खोप अभियान पूर्ण व्यवस्थित गर्न नसकिएको निष्कर्ष समितिले निकालेको छ ।
chhanbin samiti-report
हेल्थपाटी
तपाईँको अभिमत