सर्वाेच्च अदालतको आदेशले रोकिएन चिकित्सा शिक्षा आयोग
चिकित्सा शिक्षा स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची प्रकाशित भएको छ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्तितर्फका सिटमा म्याचिङ हुने उम्मेदवारको पूर्व भर्नासूची शुक्रबार राति प्रकाशन गरेको हो ।
यही असार ३ गते प्रकाशित म्याचिङको सूचीमा रहेको उम्मेदवारले स्वीकार, अस्वीकार वा त्याग गरिसकेपछि आयोगले अन्तिम सूची प्रकाशन गरेको हो ।
छात्रवृत्तितर्फका विद्यार्थीहरुको म्याचिङको अन्तिम सूची १२ गते प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ । १५ गतेबाट सम्बन्धित विश्वविद्यालय तथा प्रतिष्ठानमा भर्ना खुल्ने पनि आयोगले जनाएको छ । भर्ना समय २ गते दिउँसो ५ बजेसम्म हुनेछ ।
अन्तिम सूचीमा परेका उम्मेदवारले १६ गते दिउँसो ५ बजेसम्म स्वीकार, अस्वीकार वा त्याग गर्न सक्नेछन् ।
शुक्रबार मात्रै सर्वाेच्च अदालतले प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि आयोगले पूर्वभर्ना सूची प्रकाशन गरेको हो । सर्वाेच्चले असार १९ गतेसम्म स्नातक तहको नयाँ भर्नाका लागि कुनै प्रक्रिया अघि नबढाउन चिकित्सा शिक्षा आयोगका नाममा अन्तरिम आदेश दिएको छ ।
स्नातक तह छात्रवृत्तितर्फका विद्यार्थीहरुको पूर्वभर्ना सूची
हेल्थपाटी 

तपाईँको अभिमत