थप ३१०८ लाई कोरोना पुष्टि, काठमाडौं उपत्यकामा ७१९ जना
अ +
अ -
आज काठमाडौं उपत्यकामा ७१९ सहित देशभर ३१ सय ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षण भएको जनाएको छ । जसमा ३१ सय ८ जनालाई पोजेटिभ देखिएको हाे। यस्तै सोही अवधिमा १५ सय ९५ जना निको भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३१,भक्तपुरमा ४१ र ललितपुरमा १४७ जनालाई पोजेटिभ देखिएको छ ।
अहिलेसम्म नेपालमा ७ लाख २१ हजार ६१७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुनुका साथै ९६ सय ८ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत