स्नातक तहको शैक्षिक कार्यक्रममा सरकारी नर्सको कोटा सुरक्षित गरियोस् !
अ +
अ -
काठमाडौं । सरकारी सेवामा आवद्ध नर्सहरुको संघ नेपाल (गोनान) ले स्नातक तहको संयुक्त शैक्षिक कार्यक्रमका लागि सरकारी कोटा सुरक्षित गर्न चिकित्सा शिक्षा आयोग समक्ष माग गरेको छ ।
आयोगले चैत ३ गते प्रकाशित गरेको सूचनाअनुसार स्नातक तहको संयुक्त शैक्षिक कार्यक्रममा सरकारी कोटा सुरक्षित नहुँदा नर्सिङ सेवालाई अवहेलना गरेको गुनासो गोनानले गरेको छ ।
गोनानका अध्यक्ष कल्पना श्रेष्ठले स्वास्थ्य सेवा नियमावली २०५५ को नियम २०५३ दफा ८६ मा सेवा अवधि पुरा गरेका कर्मचारीलाई अध्ययन बिदा दिने प्रावधान रहेकाले उक्त सुविधालाई निरन्तरता दिनपर्ने बताउनुभयो ।
उहाँले नर्सिङ कर्मचारीहरुलाई आरक्षित सरकारी कोटाको लागि अध्ययन बिदा पाउने व्यवस्था आयोगले सुरक्षित गर्नपर्ने बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत