८८ हजार बढीले लगाए कोरोना खोप, अबको ५ दिनभित्र खोप लिन आग्रह
काठमाडौं । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार अभियानको पाँचौ दिनसम्म ८८ हजार ७ जनाले खोप लगाएका छन् ।
प्रदेश नं. १ मा १२ हजार ७६३, प्रदेश नं. २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६८३, गण्डकीमा १२ हजार ३११, लुम्बिनीमा १० हजार ७६०, कर्णालीमा ५ हजार ५५६ र सदरपश्चिममा ६ हजार ८७७ जनाले खोप पाएका छन् ।
मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समुहमा पर्ने व्यक्तिहरूमध्ये स्वास्थ्यकर्मीहरूले काउन्सील दर्ता, आधिकारिक परिचयपत्र र संस्थाबाट प्रमाणिकरण गरेको विवरणहरू र अन्य समुहको हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिश पत्र सहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी पाँच दिन भित्र खोप सेवा लिन अनुरोध गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत