काठमाडौं उपत्यकामा ३७९ जनालाई कोरोना, सक्रिय संक्रमित १०२९७
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा २८५, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनालाई संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौं उपत्यकामा १० हजार २९२ सक्रिय संक्रमित छन् । काठमाडौंमा ५५ सय ११, भक्तपुरमा २०२२ र ललितपुरमा २६७९ सक्रिय संक्रमित छन् ।
यस्तै आज देशभर २२ सय ९७ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३१ सय ३० संक्रमणमुक्त भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ५८३ पीसीआर र ४३२१ जनाको एन्टीजेन गरि १० हजार ९०४ जनाको कोरोना परीक्षण भएकोमा पीसीआरमा १५८४ र एन्टीजेनमा ७१३ जनालाई पोजेटिभ देखिएको छ ।
यो सँगै नेपालमा ६ लाख ४९ हजार ९४८ जनालाई संक्रमण पुष्टि भएको छ जसमा ५ लाख ५९ हजार ९२८ जना निको भएका छन् भने ८ हजार ७७२ जना निको भएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत