स्वास्थ्यमन्त्री गौतमले गर्नुभयो पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले पदभार ग्रहण गर्नुभएको छ । आइतबार शपथ ग्रहणलगत्तै उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो । जेनजी पुस्ताले भदौ २३ र २४ गते गरेको आन्दोलन र आगजनीपछि स्वास्थ्य मन्त्रालय ध्वस्त भएको छ ।
पदभार ग्रहणलगत्तै मन्त्री गौतमले जेनजी पुस्ताको आन्दोलनका कारण मानसिक समस्या निम्तिएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा प्रदान गर्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।
यसअघि मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा पूर्वअतिरिक्त सचिव डा. सङ्गीता मिश्राको नाम प्रधानमन्त्री सुशिला कार्कीले सिफारिस गर्नुभएको थियो । तर उहाँको नाम विवादित बनेपछि शपथ रोकिएको थियो ।
त्यसपछि डा. रामजी रामको पनि स्वास्थ्य मन्त्रालयमा नाम चलेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत