देशभर ९ सय ४३ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

प्रतिकारात्मक तस्बिर
काठमाडौं । देशभर अहिले ९ सय ४३ जना कोरोना संक्रमितआईसीयू र भेन्टिलेटरमा छन् । ७३६ आईसीयू र २०७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा १४५ आईसीयू र ४५ भेन्टिलेटरमा, प्रदेश २ मा ३० आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् । बागमती प्रदेशमा ४०५ आईसीयू र १२९ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा ७७ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५१ जना आईसीयू र १२ जना भेन्टिलेटरमा, कर्णालीमा १७ जना आईसीयू र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकाको अस्पतालमा २७८ जना संक्रमित आईसीयू र भेन्टिलेटरमा छन्सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा १२ आईसीयू र ५ भेन्टिलेटरमा, श्री वीरेन्द्र अस्पताल छाउनीमा १५ जना आईसीयू र २ भेन्टिलेटरमा, वीर अस्पतालमा १९ आईसीयू र १० भेन्टिलेटरमा, नेपाल प्रहरी अस्पतालमा १८ आईसीयू र ९ भेन्टिलेटरमा छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १८ जना आईसीयू र १३ भेन्टिलेटरमा, त्रिवि शिक्षण अस्पतालमा ३७ आईसीयू र १८ भेन्टिलेटरमा, पाटन अस्पतालमा २१ आईसीयू र ७ भेन्टिलेटरमा छन् ।
निजामती कर्मचारी अस्पतालमा १५ जना आइसीयूमा, भक्तपुर अस्पतालमा ३ आईसीयू र २ भेन्टिलेटरमा, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा १३ जना आइसोेलेसनमा छन् ।
मनमोहन अस्पतालमा २ आइसीयूमा, नेपाल मेकिडल कलेज शिक्षण अस्पतालमा १० आईसीयू र १ भेन्टिलेटरमा, काठमाडौं मेडिकल शिक्षण अस्पतालमा ४ आईसीयू र ३ भेन्टिलेटरमा, किस्ट अस्पतालमा ५ आईसीयू र २ भेन्टिलेटरमा र धुलिखेल अस्पतालमा २२ आईसीयू र ५ भेन्टिलेटरमा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत