मेडिकल काउन्सिलद्वारा डाक्टरले सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनपर्ने आचारसंहिता जारी
अ +
अ -
नेपाल मेडिकल काउन्सिलले डाक्टरले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोग गर्दा पालना गर्नपर्ने आचारसंहिता जारी गरेको छ । काउन्सिलले नियमावली २०२४ मा भएको चिकित्सकीय आचार संहिता प्रावधानहरुका साथै सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार उपयोगका लागि आचारसंहिता कायम गरिएको जनाएको छ ।
उपचारजन्य कुनैपनि जानकारी दिँदा या सामाजिक सञ्जालमा लेख्दा तथ्यपरक सान्दर्भिक विषयवस्तुलाई ख्याल गर्नपर्ने लगायतका ८ वटा विषय आचारसंहितामा समेटिएको छ ।
साथै, कुनैपनि पदीय पा पेशागत मर्यादा विपरितका अभिव्यक्तिहरु सम्प्रेषण गर्न नपाइने, सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न नपाइने जारी आचारसंहितामा उल्लेख गरिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत