पीसीआर शुल्क तोकिए भन्दाबढी लिने निजी प्रयोगशालालाई सूचीबाट हटाइने
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गरेवापत् तोकिएको भन्दाबढी शुल्क लिने निजी प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले केहि निजि प्रयोगशालाहरुले संक्रमण रोकथाम आदिको नाममा थप शुल्क लिएको भन्ने गुनासो आएकोले बुनै पनि बहानामा तोकिएको भन्दाबढी शुल्क नलिन निर्देशन दिएको छ ।
यदि निर्देशन अटेर गरे त्यस्ता प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । सरकारले सरकारी प्रयोगशालाहरुमा एक हजार र निजि प्रयोगशालाहरुमा दुई हजार शुल्क तोकेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत