बालबालिकालाई सिकाउनुपर्ने १० आनीबानीहरू

एआई निर्मित तस्बिर ।
बालबालिका भविष्यका कर्णाधार हुन् । विद्यालयमा सिक्ने सैद्धान्तिक पुस्तकको ज्ञानले मात्र उनीहरूमा असल व्यवहार गराउन सकिदैन । त्यसैले सानै उमेरदेखि जीवन सञ्चालनका व्यवहारिक शिक्षा दिन जरुरी हुन्छ । यहाँ बालबालिकालाई सिकाउनुपर्ने १० आनीबानी प्रस्तुत गरिएको छ :
सत्कार र सम्मान दिन सक्ने बानी : बालबालिकाले अरूलाई आदर गर्न, नम्रताका साथ व्यवहार गर्न, र सहयोग गर्न सिक्नुपर्छ।
सफा रहन र सरसफाइ गर्ने बानी : हात धुने, नुहाउने, दाँत माझ्ने जस्ता दैनिक सरसफाइका बानीहरू बाल्यकालमै विकास गर्नु जरुरी हुन्छ।
साँच्चो बोल्ने र इमानदार हुने बानी : असत्य बोल्न नहुने र गल्ती स्वीकार्न सिकाउनु पर्छ। इमानदार व्यवहार बाल्यकालदेखि नै विकास गर्नुपर्छ।
समयको मूल्य बुझ्ने बानी : समयमै उठ्ने, होमवर्क समयमै गर्ने, र खेल्ने तथा पढ्ने समय छुट्याउने बानी सिकाउनु महत्त्वपूर्ण छ।
कृतज्ञता प्रकट गर्ने बानी : अरूको सहयोगको कदर गर्न, ‘धन्यवाद’ भन्न, र सकारात्मक सोच विकास गर्न सिकाउनु पर्छ।
कसैलाई दुख नदिने, सहानुभूति राख्ने बानी : अरूको भावना बुझ्ने र हिंसात्मक व्यवहार नगर्ने बानी विकास गर्नुपर्छ।
पढ्ने र सिक्न खोज्ने बानी : किताब पढ्ने, नयाँ कुरा जान्न खोज्ने र जिज्ञासु स्वभाव राख्ने बालबालिकाहरू दीर्घकालीन सफलतातर्फ उन्मुख हुन्छन्।
आत्मनिर्भर बन्ने बानी : आफ्ना सामान मिलाउने, लुगा लगाउने, र घरायसी काममा सहयोग गर्ने बानी बाल्यकालमै सिकाउनु पर्छ।
आफ्नो भावना व्यवस्थापन गर्ने बानी : रिस, डर, दुःख जस्ता भावनालाई नियन्त्रणमा राख्न र व्यक्त गर्न सक्ने क्षमताको विकास जरुरी छ।
स्वस्थ आहार र नियमित व्यायामको बानी : पोषणयुक्त खाना खानु, चिनी र जंक फूड कम खानु, तथा नियमित खेलकुद र व्यायाम गर्न सिकाउनु पर्छ।
हेल्थपाटी 
तपाईँको अभिमत