मेडिकल काउन्सिललाई स्नातकोत्तर तह भर्ना शुल्क वुझाउन नपर्ने
चिकित्साशास्त्र अध्यापन गराउने मेडिकल डेण्टल कलेज तथा प्रतिष्ठानहरुले स्नातकोत्तर वा सो सरह तहमा अध्ययनरत विद्यार्थीहरुको भर्ना शुल्क वापत् नेपाल मेडिकल काउन्सिलमा शुल्क बुझाउन नपर्ने भएको छ ।
२०८१ जेठ २१ गतेको बसेको काउन्सिलको पूर्ण बैठकले डेण्टल कलेज तथा प्रतिष्ठानहरुले स्नातकोत्तर(एमडी,एमएस, एमडीएस) तह अध्ययनरत विद्यार्थीहरुको भर्ना शुल्क वापत् बुझाउनपर्ने रकम अबको शैक्षिक सत्रबाट बुझाउननपर्ने निर्णय भएको काउन्सिलले जानकारी दिएको छ ।
यसअघि स्नातकोत्तर वा सो सरह तहमा अध्ययनरत विद्यार्थीहरुको भर्ना शुल्क वापत् काृन्सिललाई ५ हजार बुझाउनपर्ने थियो ।
विदेशी विद्यार्थीहरुको हकमा स्नातकोत्तर तथा सोभन्दा माथि तह अध्ययनरत विद्यार्थीहरुको दर्ता शुल्क भने यथावत लिइने काउन्सिलले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत