काठमाडौं उपत्यकामा मात्रै एकैदिन ८५९ संक्रमित
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ८५९ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरका ९७ र भक्तपुरका ८२ जनालाई कोरोना पुष्टि भएको छ । उपत्यकामा एकैदिन धेरै संक्रमित देखिएको यो पहिलोपटक हो ।
आज देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ६९३ जना पुगेको छ ।
जसमध्ये ४३ हजार ८२० उपचारपछि निको भएका छन् । पछिल्लो २४ घन्टामा थप ८७१ जना डिस्चार्ज भए । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ छ । २४ घण्टामा ११ हजार ४५८ सय जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत