सधैँ खुसी रहने यी हुन् ७ उपाय
के तपाईं बिहान उठ्दा आलश्य भएर उठ्नुहुन्छ ? फ्रेस हुनलाई कफी वा यस्तै कुनै पेय पदार्थ आवश्यक हुन्छ ? यदि यस्तो हो भने केही उपायहरू अवलम्बन गर्ने बेला भएको हुनुपर्छ ।
ती उपाय अवलम्बन गर्ने बित्तिकै एक वा दुई दिनमा जादुमय तरिकाले भने परिवर्तन हुँदैन ।
त्यसमा केही धैर्यता भने अवश्य आवश्यक हुन्छ । नियमित अवलम्बन गरेमा पक्कै तपाईं सधैँ स्फूर्त र खुसी हुनुहुनेछ ।
आखिर के गर्दा शरीर सधैँ स्फूर्त अनि खुसी मिल्छ त ? यसका लागि सात उपाय सुझाइएको छ ।
सन्तुलित आहार
सबभन्दा पहिलो उपाय भनेको सन्तुलित आहार नै हो । स्वस्थकर खानेकुराले सधैँ शरीरलाई स्फुर्त राख्नुका साथै मनलाई खुसी राख्न मद्दत गर्छ । अध्ययनअनुसार फलफूल, सागसब्जी, प्रोटिनयुक्त खानेकुरा, कम चिल्लो पदार्थ भएको खानेकुरा र पूर्ण अन्न (होल ग्रेन) खानु उपयुक्त हुन्छ । विविध खानेकुरा सन्तुलित रूपमा खाँदा आवश्यक पोषण प्राप्त हुने बताइएको छ ।
सात–आठ घण्टा सुत्ने
सुताई कम हुँदा वा बढी हुँदा पनि शरीर आलश्य हुने र दिनभर नरमाइलो हुने हुन्छ । त्यसैले खुसी र स्वस्थ रहनलाई निद्रालाई पनि अत्यन्तै प्राथमिकता दिनुपर्छ । पछिल्लो समय मानिसको व्यस्तताले गर्दा निद्रामा खलबल भइरहेको पाइन्छ । धेरैले यसमा सुधार गर्नुपर्ने देखिन्छ । वयस्क उमेरका व्यक्तिलाई प्रत्येक रात सातदेखि आठ घण्टा निदाउन जरुरी रहेको अध्ययनले देखाएको छ ।
असल मानिसको सङ्गत
असल मानिसको सङ्गत गर्दा सकारात्मक सोँच आउँछ । यसले खुसी मिल्छ । त्यसैले जति सक्दो सकारात्मक र असल व्यक्तिसँग सङ्गत गर्नुपर्छ । साथै तपाईँलाई खुसी मिल्ने व्यक्तिसँग धेरै समय बिताउनुपर्छ । सधैँ तपाईँप्रति नकारात्मक भावाना सिर्जना गर्ने, कम्प्लेन गरिरहने व्यक्तिको सङ्गतले तपाईँको शक्ति र समय खराब पारिरहेको हुन्छ ।
आवश्यक भन्दा बढी समाचार नसुन्ने/नेहेर्ने
नयाँ नयाँ जानकारीका लागि समाचार पढ्नु वा सुन्नु राम्रो हो । सामाजिक सञ्जालमा आएका नकारात्मक किसिमका धेरै समाचारले दिमागलाई खराबतातिर डो¥याउँछ । खराब सोँचतिर लैजान सक्छ । त्यसैले धेरै समाचारहरू हेर्न वा पढ्न कम गर्नुपर्छ ।
नियमित व्यायाम
अध्ययनका अनुसार एक वयस्क व्यक्तिले कम्तिमा १५० मिनेट हरेक हप्ता शारिरीक व्यायाम गर्न जरुरी हुन्छ । यसमा कतिपयको शारिरीक अवस्थामा पनि थप गर्नुपर्ने हुनसक्छ । यसरी व्यायाम गर्नाले शरीर स्वस्थ र स्फुर्त रहन्छ । यसले तनावबाट जोगाउँछ । यसले मांशपेसी बलियो बनाउनुका साथै शरीलाई थप मजबुत बनाउँछ ।
प्रत्येक दिन अर्थपूर्ण कार्य गर्ने
खुसी रहनका लागि आफूलाई खुसी लाग्ने काम गर्नुपर्छ । हरेक दिन कुनै अर्थपूर्ण लाग्ने काम गर्नुपर्छ । यदि कुनै मिठो खानेकुरा नै बनाउने किन नहोस्, गर्नुपर्छ । यसैगरी यदि तपाईंलाई मज्जा लाग्ने गीत, कथा, कविता वा कुनै काम गर्नुपर्छ । यसो गर्नाले तपाईंको आकाङ्क्षालाई बचाइराख्छ ।
अरूको भलाइ सोच्ने
सधैँ सकारात्मक सोँचले मानिसलाई खुसी दिलाउँछ । अरूको नराम्रो नसोच्ने बानीले पनि सधैँ खुसी मिल्छ । तपाईं अरूको भलाइ चाहनुहुन्छ भने तपाईंको पनि भलाइ अवश्य चाहन्छन् ।
(मायोक्लिनिकबाट)
हेल्थपाटी
तपाईँको अभिमत