६ महिनामा १४३२ जनालाई डेंगी पुष्टि, ७३ जिल्लामा पुग्यो

सांकेतिक तस्बिर
अ +
अ -
२०२४ सुरु भएयता जुलाई ३ सम्म देशमा १४३२ डेंगीका केस देखिएका छन् । स्वास्थ्य सेवा विभाग इपीडिमियोलोजी तथा रोग नियन्त्रण विभाग(इडीसीडी)ले दिएको जानकारी अनुसार देशका ७३ जिल्लामा डेंगीको फैलिएको छ ।
इडीसीडीका अनुसार सबैभन्दा धेरै काठमाडौं जिल्लामा १५९ डेंगीका बिरामी पत्ता लागेको छ । त्यसपछि झापामा १२० र चितवनमा ८३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
अहिलेसम्म यसबाट कसैको मृत्यु भएको पुष्टि भएको छैन ।
डेंगी संक्रमण हुने मुख्य कारण लामखुट्टेको टोकाइ भएका कारण यसबाट बच्न इडीसीडीले आग्रह गरेको छ । घर वरपर पानी जम्ने खाल्डाखुल्डी नराख्न, लामखुट्टेको बासस्थान तथा लार्भा नष्ट गर्न आह्वान समेत गरेको छ ।


हेल्थपाटी
तपाईँको अभिमत