गलत तरिकाले औषधि खाँदा ज्यानै जान सक्छ

प्रतिकात्मक तस्विर
कुनै पनि रोग लाग्दा , सर्जरी वा अन्य शरीरिक–मानसिक समस्याको समयमा औषधिले हामीलाई राहत मिल्छ । तपाईले जुनसुकै रोगको उपचार गराए पनि डाक्टरले प्रिस्किप्सन लेखेर दिन्छन् र औषधि कसरी खाने भन्ने सल्लाह दिन्छन् ।
बिहान खाली पेटमा खाने, खानापछि खाने, दिनमा तीन पटक खाने आदि । कयौं पटक सावधानीका उपाय पनि लेखिदिन्छन् । तर कहिले तपाई हामीले आफ्नो चिकित्सकसँग सोध्नने गरेका छौं औषधि कुन चिजसँग वा खाएपछि खाने या नखाने भनेर ।
तपाईलाई दूधसँग औषधि नखान भनिएको हुनसक्छ । जुससँग पनि औषधि नखान भनिएको हुनसक्छ । तपाईलाई जुससँग औषधि लिनका लागि भनिएको छ भने यो नसकिने तरिका हो भन्ने तपाईलाई लाग्न सक्छ । औषधिसँग सबै चिजको मिलान सही होस् वा नहोस् । तर, गलत तरिकाले तपाईको ज्यान पनि लिनसक्छ । आउनुहोस् यस बारेमा जानकारी लिउँ ।
औषधि प्रयोगको समयमा लिनुपर्ने सावधानी
उपचारका कुनैपनि विधि होस् यसका औषधिको आफ्नो गुण हुन्छ जसलाई ध्यान दिनु् जरुरी छ । एलोप्याथीको औषधिको एक गुण र तरिका हुन्छ जसमा ध्यान राख्न जरुरी हुन्छ । एलोप्याथीकको औषधि रसायनबाट बनाइएको हुन्छ । यो रसायनले कुनै पनि फरक रसायनले प्रतिक्रिया आउन सक्छ ।
यसैगरी आयुर्वेदिक जडीबुटी तथा होमियोप्याथिक फर्मूलामा पनि कुनैपनि गलत चिजसँग मिल्नका लागि शरीरका लागि मुश्किल अवस्थाका सिर्जना गर्न सक्छ ।
त्यसैले कुनैपनि औषधिको सेवन गर्दा चिकित्कले सुझाए बमोजिमको विशेष किसिमको विधि अपनाउनु आवश्यक छ । चाहे त्यो खाना खानु भन्दा अगाडि, पछाडी खाने, तातो पानीले निल्ने आदि आदि ।यस बारेमा चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।
प्रतिरक्षा प्रणाली बढाउन सहयोगी मानिएको अमिलो फल प्रायजसो औषधिको असरमा पनि प्रभाव पार्न सक्छ । आयुर्वेदमा त औषधि खुवाइरहेको समयमा अमिलो फल नियन्त्रण गर्ने सल्लाह दिइन्छ । अमिलो बस्तुमा अमिलोले औषधिको असरमा प्रभावित पार्न सक्छ ।
सबै किसिमको औषधि सेवन गर्दा त्यसको प्रयोग गर्ने विधिमा पनि जोड दिइन्छ ।
चिकित्सकहरुले तपाईलाई औषधि दूधसँग खाने सल्लाह पनि दिन्छन् । यो यस कारण कि पेट औषधिको धेरै डोजका लागि तयार हुनलाई हो । तर केही एन्टिबायोटिकको मामिलामा भने यो नोक्सानी पु¥याउने खालको हुन्छ ।
दुधजन्य उत्पादनमा रहेको क्यालसियम, म्याग्नेसियम जस्ता मिनरल्स र केसिन जस्ता प्रोटिन शरीरका लागि यी एन्टिबायोटिकको प्रक्रियालाई मुश्किल बनाइदिन्छ । यस्तो अवस्थामा औषधिले पूरा प्रभाव पार्न पाउदैन । यदि चिकित्सकले एन्टिबायोटिक औषधि लेखेको छ भने यस्तो अव स्थामा दूध खान हुन्छ वा हुदैन भन्ने सल्लाह लिन लाज नमान्नुस ।
हेल्थपाटी
तपाईँको अभिमत