४ किसिमको लकडाउन,कस्तो अवस्थामा कुन? (कार्यविधिसहित)
सरकारले कोभिड- १९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन समबन्धी कार्यविधि जारी गरेको छ ।
कोभिड- १९ संकट व्यवस्थापन केन्द्रले संक्रमण जोखिमको मूल्यांकनका आधारमा संक्रमणको श्रृंखलालाई तोड्दै सार्वजनिक सेवा आर्थिक क्रियाकलापहरु यथासम्भव सञ्चालन गर्ने र संक्रमणमुक्त स्थानमा सेवाहरु खुला गर्दै लैजान स्मार्ट लकडाउनको कार्यविधि जारी गरेको हो । संक्रमणको अवस्था हेरेर जोखिम रेखा र लकडाउनको खाका बनाइएको छ ।
रातो, गाढा पहेँलो, पहेँलो र हरियो रंगमा वर्गिकृत गर्दै सोही अनुसार ४ प्रकारको लकडाउन गर्ने सरकारको कार्ययोजना छ । यी ४ प्रकारको लकडाउन संक्रमितको अवस्था हेरेर जारी गरिने र सोही अनुसार सेवाहरु सञ्चालन गर्न दिने उल्लेख गरिएको छ ।
जसमा संक्रमितको संख्या ६५ प्रतिशतभन्दा माथि भए रातो संकेत गर्दै कडा लकडाउन, ३१ देखि ६५ प्रतिशत भए गाढा पहेँलो संकेतमा मिक्सड लकडाउन,१६ देखि ३० प्रतिशत भए पहेँलो संकेतमा सफ्ट लकडाउन र १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात मिनिमल लकडाउनको अवधारणा ल्याइएको छ ।
कार्यविधिम कोभिड संक्रमणको अवस्था निर्धारण गर्दा एक सातामा नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमणको दर, अस्पतालहरुको व्यवस्थापन क्षमताको सूचकको रुपमा शय्या भरिएको संख्या र मृत्युदरलाई आधार बनाइएको छ । कार्यविधि :
smart_lock_down(1)
हेल्थपाटी
तपाईँको अभिमत