भेरी अस्पतालमा दुई सातामा ७५ स्वास्थ्यकर्मी संक्रमित, ३२ जना नर्स
काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रण बाहिर रहेको नेपालगञ्जस्थित भेरी अस्पतालका ७५ स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएको छ । पछिल्लो २ सातामा उक्त अस्पतालका ८ मेडिकल अधिकृत, ३२ जना नर्ससहित ७५ जनालाई संक्रमण पुष्टि भएको अस्पतालका नर्सि अधिकृत ईश्वरी केसीले जानकारी दिनुभयो ।
उहाँले चैत ३१ देखि वैशाख १४ गतेसम्म ७५ जना स्वास्थ्यकर्मी संक्रमित भएको र अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताउनुभयो ।
संक्रमित हुनेहरुमा पारामेडिक्स ८ र सहयोगी कर्मचारी १८ जना रहेका छन् । आकस्मिक कक्षमा खटिएका ७ मेडिकल अधिकृतमध्ये ६ जनालाई पोजेटिभ देखिएको छ । संक्रमितले खचाखच रहेको भेरी अस्पतालमा जनशक्ति अभावले उपचारमा समस्या आएपछि २ दिन अगाडि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० जनाको दरबन्दी थप गरेको छ ।
अहिले अस्पतालमा प्रशासनकासहित ३५० जना कर्मचारी छन् । १४० बेड क्षमता रहेको यस अस्पतालमा २०० भन्दाबढी संक्रमित भर्ना भइरहेको अवस्था छ । बेडभन्दा बढी बिरामी आइरहेकाले अस्पतालले बाहिर नै केही बेडहरु राखेर अक्सिजन राखेरपनि संक्रमितको उपचारको व्यवस्था मिलाइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत