कोरोना संक्रमणका कारण अधिवक्ता वस्तीको निधन
अ +
अ -
चितवन । कोरोना संक्रमणका कारण चितवनका अधिवक्ता सुदिप वस्तीको निधन भएको छ । प्रोष्टेड क्यान्सर तथा नसा रोगबाट पीडित अधिवक्ता वस्तीको ५९ वर्षको उमेरमा निधन भएको हो ।
भरतपुर १०, दूरसंचार रोड निवासी अधिवक्ता वस्ती काठमाडौंमा प्रोष्टेड क्यान्सर तथा नसा रोगको उपचार गरिरहनु भएको थियो । उपचारको क्रममा उहाँलाई १ हप्ता अगाडि कोरोना पोजेटिभ देखिएको र उहाँको उपचारकै क्रममा मृत्यु भएको उहाँका भाइ अधिवक्ता गजेन्द्र वस्तीले जानकारी दिनुभयो ।
नेपाल बार यसोसियसन चितवनका सदस्य समेत रहनुभएका वस्ती विभिन्न सामाजिक संस्थाहरुमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँका श्रीमती, १ छोरा र १ छोरी रहनु भएको चितवनबाट पत्रकार शिशिर सिंखडाले जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत