कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि
अ +
अ -
सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।
संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गर्नुभएको हो ।
उहाँले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गर्नुभएको हो ।
अर्थमन्त्रीको यो घोषणासँगै सरकारी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको पनि तलव बढ्ने भएको छ । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।
तलव बढेपछि मुख्यसचिवको ७७ हजार २११ रुपैंया, सचिवको ७२ हजार रुपैंया, सहसचिवको ५६ हजार ७८४रुपैंया, उपसचिवको ४८ हजार ७३७ रुपैंया, शाखा अधिकृतको ४३ हजार ६८९ रुपैंया, नायब सुब्बाको ३७ हजार ७३०रुपैंया, खरिदारको ३२ हजार ९ रुपैंया र मुखियाको २७ हजार ६१२ रुपैंया कायम हुनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत