पुनः लकडाउन गर्ने विषयमा छलफल, ‘५ दिनभित्र नगरे स्थिति भयावह’
अ +
अ -
काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुनः लकडाउन गर्ने विषयमा छलफल चलेको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा उपत्यकामा झन्–झन् संक्रमण बढेको भन्दै लकडाउन गर्नुपर्ने विषयमा मन्त्रालयमा छलफल चलेको उच्च स्रोतले जानकारी दिएको छ ।
एक उच्च अधिकारीले भन्नुभयो, "अबको ५ दिनभित्र काठमाडौंमा लकडाउन नगरे स्थिति भयावह हुनेछ, संक्रमित बढ्दै जाँदा कुनै अस्पतालमा बेड खाली छैन, सर्वसाधरणहरु सावधानी अपनाउँदैनन् त्यसैले स्थितिलाई नियन्त्रणमा लिन लकडाउनको विकल्प छैन ।"
तर स्वाथ्य मन्त्री भानुभक्त ढकाल लकडाउन गर्ने पक्षमा रहनुभएको छैन ।
हेल्थपाटी
तपाईँको अभिमत