१५ घण्टामा पोखरामा ७ संक्रमितको मृत्यु, ७६ जनालाई कोरोना
काठमाडौं । पोखरामा पछिल्लो १५ घण्टामा ७ कोराना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोनो नियन्त्रण तथा रोकथाम कार्यक्रम निर्देशक एवं प्रवक्ता डा.विनोद विन्दु शर्माका अनुसार गएराती २ र आज ५ संक्रमितको मृत्यु भएको हो ।
मंसिर ४ गते मृत्यु हुनेहरुमा पोखरा ९ कास्कीका ६८ वर्षका पुरुष र पोखरा २१ कास्कीका ७५ वर्षका पुरुष रहनुभएकाे छ ।
यस्तै, मंसिर ५ गते मृत्यु हुनेहरुमा पोखरा २७ कास्कीका ७१ वर्षका पुरुष,पोखरा ८ का ५४ वर्षका पुरुष, पोखरा १७ कास्कीका २१ वर्षका पुरुष, पोखरा १३ कास्कीका ५५ वर्षका पुरुष र तनहुँ म्याग्दे गाउँपालिकाका ५१ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १३८ पुगेको छ । यस्तै गण्डकी प्रदेशमा आजै ७६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ७५३ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत