नेपालगञ्जका विद्यालय भोलिबाट १ हप्ताका लागि बन्द
काठमाडौँ । कोरोनाको संक्रमण बढेसँगै नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने भएको छ ।
भोलि शुक्रबारदेखि लागू हुने गरि एक हप्ता शैक्षिक संस्था बन्द गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका विपद् ब्यवस्थापन समितिको आज बसेको बैठकले एक हप्ताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो ।
बाँकेमा हिजो बुधवार मात्रै १ सय २३ जना नयाँ संक्रमित थपिएको थियो ।
कोरोना संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो ।
नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ ।
बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत