स्वास्थ्य बीमा बोर्डले जारी गर्यो श्वेतपत्र, अधिकांश परिवार बीमामा छैनन् आवद्ध
स्वास्थ्य बीमा बोर्डले श्वेतपत्र जारी गरेको छ । आइतबार बीमाको स्थितिबारे बोर्डले श्वेतपत्र जारी गरेको हो ।
बीमा सुरु गरेदेखि हालसम्म बीमामा आवद्धताको अवस्था हेर्दा अधिकांश व्यक्ति बीमामा आवद्ध हुन बाँकी रहेको छ । हालसम्म ९ लाख ८२ हजार ६२ घरधुरि बीमामा आवद्ध भएका छन् । आव २०८१/८२ को फागुन मसान्तसम्मको विवरणअनुसार ज्येष्ठ नागरिकसहित २० लाख ७५ हजार ७०० परिवार बीमामा आवद्ध भएका छन् । यो कुल घरधुरि ३१ प्रतिशत रहेको श्वेतपत्रमा भनिएको छ ।
यसैगरी बहुसङ्ख्यक नागरिक बीमा बाहिर रहेका छन् । हालसम्म २० प्रतिशत जनसङ्ख्याले बीमामा आवद्धता जनाएका छन् । यो भनेको ५७ लाख ५३ हजार ८१७ जना हो ।
बिमितहरूले सेवा छाड्ने दर पनि उच्च रहेको श्वेतपत्रमा भनिएको छ । आव २०७४/०७५ मा बीमा नवीकरण नगर्ने बिमितहरू ५४ प्रतिशत रहेकामा आव ०८१/०८२ को फागुन मसान्तसम्म तथ्याङ्कले बीमा छाड्नेका सङ्ख्या ५४ प्रतिशत नै रहेको देखिएको छ । यद्यपि सेवा लिनेको सङ्ख्या भने तुलनात्मक रूपमा वृद्धि भएको बताइएको छ ।
हेर्नुहोस् श्वेतपत्र :
हेल्थपाटी 
तपाईँको अभिमत