चीनका २६ शहरमा लकडाउन, ७३ वर्षपछि मई दिवसकोे कार्यक्रम रद्द

शून्य कोभिड नीतिका कारण चीनका २६ शहरमा अहिले लकडाउन भइरहेको छ । २१ करोड चिनियाँ जनता लकडाउनको घेराभित्र रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
कोभिड महामारीकै कारण चीनले यस वर्षको मई दिवसका दिन सार्वजनिक कार्यक्रम गर्न रोक लगाएको छ । चीनले ७३ वर्षपछि पहिलो पटक यसरी मई दिवसका कार्यक्रममा रोक लगाएको
चिनियाँ मिडियाले जनाएका छन् ।
ठूलो उत्सवको रुपमा मनाइने मइ दिवसका कार्यक्रममा चीन सरकारले रोक लगाएको हो । कडा प्रतिबन्धका बाबजुद चीनमा अहिले दैनिक ७ हाराहारीमा नयँ संक्रमित फेला परिरहेका छन् । सबै भन्दा धेरै संक्रमण सांघाइ र बेइजिङमा रहेको मिडिया रिपोर्टमा भनिएको छ।
नागरिकहरुलाई अत्यावश्यक सामग्री आपूर्तिका लागि कमर्मचारीका साथै चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ता समेत खटिएका छन् ।
तपाईँको अभिमत