कोरोना संक्रमित मृतकको संख्या १९६५पुग्यो, २४ घण्टामा ६ जनाको मृत्यु

प्रतिकारात्मक तस्बिर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । याे सँगै कोरोना संक्रमित मृतकको संख्या १९६५ पुगेको छ ।
आज देशभर ३२२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३०६ जनाको पीसीआर परीक्षण भएकोमा ३२२ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे । आज थपिएका संक्रमितमध्ये १६३ जना काठमाडौं उपत्यकाका रहेका छन् ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६१ हजार ८१८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ३७४ जनाले कोरोना जिते । आज सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ रहेको रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत