कोशी प्रदेश बजेट : खोटाङमा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने (हेर्नुहोस् स्वास्थ्य क्षेत्रका योजना)
खोटाङ जिल्लामा जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । निजी क्षेत्रसँगको साझेदारीमा केन्द्र स्थापना तथा सञ्चालन गर्न आर्थिक वर्ष ०८२/०८३ को बजेटमा व्यवस्था गरिएको हो ।
आइतबार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आव ०८२/०८३ को बजेट प्रस्तुत गर्नुहुँदै केन्द्र स्थापना गर्न बजेट छुट्याएको बताउनुभयो । सो केन्द्रका लागि ३ करोड बजेट छुट्याइएको हो ।
त्यस्तै आगामी आवमा कोशी प्रदेशमा घुम्ती अस्पताल सेवा सञ्चालन गरिने भएको छ । मन्त्री मगरका अनुसार ‘कोशी प्रादेशिक अस्पताल सेवा’ सञ्चालन गरिने भएको हो ।
बजेट प्रस्तुत गर्दै उहाँले ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन यस्तो सेवा सञ्चालन गर्न लागिएको हो ।
हेर्नुहोस् स्वास्थ्य क्षेत्रमा व्यवस्था गरिएको योजनाको पूर्णपाठ :
हेल्थपाटी
तपाईँको अभिमत