स्तनपानले आमा र बच्चा दुबैको दिमाग तेज हुने
अमेरिकी वैज्ञानिकले आफ्नो अनुसन्धानमा स्तनपान (ब्रेस्ट फिडिङ) को अर्को एउटा फाइदा पत्ता लगाएका छन् । जुन आमाले बच्चालाई स्तनपानमा जोड दिन्छिन् उनीहरुको बच्चाको स्मरण शक्ति तेज हुने र सोच्ने–सम्झने क्षमतामा कमी आउने जोखिम न्यून हुने अध्ययनले देखाएको छ । स्तनपानले बच्चाको मात्रै होइन आमाको पनि स्मरण शक्तिमा सकारात्मक प्रभाव पार्ने देखिएको अध्ययनको दाबी छ ।
अनुसन्धानमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकका अनुसार केवल बच्चा मात्रै होइन बढ्दो उमेरका आमाको दिमागमा पनि राम्रो असर पर्ने बताएका छन् । स्तनपान नगराउने महिलाको तुलनामा स्तनपान गराउने महिलाको सोच्ने र सम्झने क्षमता बढी हुनेछ, अध्ययनमा उल्लेख गरिएको छ भनेर दैनिक भाष्करले समाचार लेखेको छ ।
स्तनपानले शरीरसँगै दिमागमा पनि सकारात्मक असर
शोधकर्ता माली फक्स भन्छिन्–‘यो भन्दा पहिला भएका अन्य कयौं अध्ययनमा पनि आमाको दुधले बच्चालाई लामो समय सम्म स्वस्थ बनाइराख्ने देखाएको छ तर हाम्रो अनुसन्धानमा स्तनपानबाट आमालाई कस्तो फाइदा पुग्छ भन्ने पनि समेटिएको छ ।
५० वर्ष भन्दा बढीको उमेरसम्म पनि स्तनपान गराउने महिला, स्तनपान नगराउने महिलाको तुलनामा बढी स्वस्थ हुनेछन् । ५० वर्षको उमेरपछि सोच्ने–सम्झने क्षमतामा फरक पर्ने भएकाले पनि अनुसन्धानको नतिजा सतर्क गराउने खालको रहेको छ । बढ्दो उमेरसँगै अल्जाइमर्स र डिमेन्सिायाको जोखिम पनि रहन्छ । अमेरिकाको दुई तिहाई महिला यी समस्याबाट पीडित छन् ।
हेल्थपाटी
तपाईँको अभिमत