२०८२ सालको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशित
नेपाल मेडिकल काउन्सिलले अगामि वर्ष २०८२ सालमा लिइने चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशित गरेको छ ।
काउन्सिलले राष्ट्रिय दैनिक पत्रिका गोरखापत्रमा चैत २७ गते स्नातक र स्नातकोत्तर तहको परीक्षाको कार्यतालिका प्रकाशित गरेको हो ।
तालिका अनुसार स्नातक तहको प्रमाणपत्र परीक्षा २०८२ साल जेठ १२, १३ र १४ गते, दोस्रो चरणमा असोज ८,९ र १० गते र तेस्रो चरणमा माघ १३, १४ र १५ गते हुनेछ ।
साथै स्नातकोत्तर तहको विशेष परीक्षा २०८२ साल साउन १५ र १६ गते, दोस्रो चरणको मंसिर १६ र १७ गते र अन्तिम परीक्षा चैत १९ र २० गते लिइने काउन्सिलले जनाएको छ ।
यसैगरी आगामि जेठ १२, १३ र १४ गते लिइने चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि परीक्षा फारम खुलेको छ । २०८१ चैत ३० गतेदेखि बैशाख ३० गतेसम्म फराम भर्न सकिने छ ।
हेल्थपाटी
तपाईँको अभिमत