कर्मचारीले सुर्तीजन्य वस्तुमा कर बढाउन दिएनन् : स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कर्मचारी तन्त्रका कारण सुर्तीजन्य पदार्थमा कर बढाउन नसेकेको बताउनुभएको छ।
विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो आरोप लगाउनुभएको हो।
मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा करको दर बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आएपनि बजेटमा त्यस्तो भएन।
बरु उल्टै करको दर घट्ने गरी बजेट आएको भन्दै सुर्तीजन्य पदार्थ नियन्त्रण, नियमनमा काम गर्ने व्यक्ति संस्थाहरुले विरोध गर्दै आएका छन्।

आफूले बढाउन चाहेको भएपनि कर्मचारी र उनीलाई सम्बन्धित व्यापारी, व्यवसायीले प्रभाव पारेकाले आरोप लगाउनुभएको छ।
यो विषय आफूले मन्त्रिपरिषद्मा समेत उठाएको मन्त्री बस्नेतले सुनाउनुभयो।
‘किन मूल्य बढाइएन ? यो विषयमा मैले क्याविनेटमा पनि बोलिसकेँ’ मन्त्री बस्नेतले भन्नुभयो, ‘व्यूरोक्रेसीका कारण सम्बन्धित् व्यापारी, व्यवसायीसँग जोडिएकाले बढाउन नसकिएको हो।’
सबैले मुलुक र जनताका लागि राम्रो सोचेर काम गर्नुपर्ने मन्त्री बस्नेतले बताउनुभयो । ‘हाम्रो जिम्मेवारी दायित्व जिम्मेवारीपूर्वक निर्वाह ग¥यौँ भने हामीले मुलुक र जनताका लागि काम गर्न सक्छौँ’ उहाँको भनाइ छ।
राम्रो काम गर्नै सबैलाई आफूले साथ दिने मन्त्री बस्नेतले बताउनुभयो । आफूलाई काममा रिजल्टबाहेक अरु केही नचाहिएको पनि उहाँको भनाइ छ ।
हेल्थपाटी
तपाईँको अभिमत