मानसिक स्वास्थ्य दिवसमा १० चिकित्सक, स्वास्थ्यकर्मी पुरस्कृत
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा थुप्रै चिकित्सक तथा तथा पुरस्कार प्रदान गरिएको छ ।
सोमबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उहाँहरुलाई पुरस्कृत तथा सम्मानित गरेको हो ।
अहिले कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी गरी ५ जना र स्वास्थ्य सेवामा लामो समय योगदान पु¥याउनुभएका ५ चिकित्सकलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
अहिले कार्यरत पुरस्कृत, सम्मानित हुने निम्नअनुसार हुनुहुन्छ
–डा.डम्बर खड्का (कर्णाली प्रादेशिक अस्पताल)
–मानसिक रोग विशेषज्ञ डा.सुनिल कुमार शाह (भरतपुर अस्पताल)
–वरिष्ठ अस्तपाल नर्सिङ अधिकृतविजया राई बरिष्ठ अस्पताल निरीक्षक (जिल्ला अस्पताल ताप्लेजुङ)
–जनस्वास्थ्य निरीक्षक खिमराज पोखरेल, जनस्वास्थ्य निरीक्षक(गुल्मी)
–स्टाफ नर्स कुमारी भावना शर्मा बोहरा, (महाकाली अस्पताल कञ्चनपुर)
लामो समय योगदान पु¥याएबापत सम्मानित हुने चिकित्सकहरू
–डा.निराकार मान श्रेष्ठ, बरिष्ठ मनोरोग विशेषज्ञ
–प्रा.डा सन्दुक रुइत, बरिष्ठ आँखा रोग विशोषज्ञ
–प्रा.डा.रमेशकान्त अधिकारी, बरिष्ठ बालरोग विशेषज्ञ
–प्रा.डा. मधु दिक्षित देवकोटा, बरिष्ठ जनस्वास्थ्य विज्ञ
–प्रा.डा.रामकण्ठ माकाजु श्रेष्ठ, संस्थापक धुलिखेल अस्पताल
त्यसैगरी प्रदेशको स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै ४ प्रदेशका स्वास्थ्य मन्त्रीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा मधेस प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंह, बागमतीका उत्तम जोशी, लुम्बिनीका राजु खनाल र गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिम्खडा हुनुहुन्छ ।
नेपालको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पु¥याउने स्थानी तह र दातृ संस्थाहरूलाई पनि पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले सम्मान गर्नुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत