५१४७ जना कोरोना मुक्त, ५३ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् भने ५३ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४३८ पीसीआर र ५३८१ जनाको एन्टीजेन परीक्षण भएको छ । अहिले आइसोलेसनमा ६५ हजार ८०४ जना संक्रमित रहेका छन् ।
अहिलेसम्म ६ लाख ३१ हजार ८६० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ लाख ३६ हजार २५२ जना निको भएका छन् भने ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत