स्वास्थ्य मन्त्रालयद्वारा स्वीकृत स्थायी दरबन्दी बाहेकका स्वास्थ्यकर्मीको विवरण माग
७ दिनभित्र विवरण नबुझाए तलव निकासा गर्न नसकिने
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहसंग स्वीकृत स्थायी दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण माग गरेको छ ।
मन्त्रालयले विवरण उपलव्ध गराउन ७ दिनको समय दिएको छ । मन्त्रालयले आज सबै स्थानिय निकायलाई परिपत्र गरि स्वीकृत स्थायी दरबन्दी बाहेकका स्वास्थ्यकर्मीहरुको विवरण मागेको हो ।
स्वीकृत दरबन्दी बाहेकका स्वास्थ्यकर्मीका लागि पनि तलव भत्ता माग भइरहेकाले स्वास्थ्यकर्मीको विवरण माग गरेको मन्त्रालयको पत्रमा उल्लेख गरेको छ । ७ दिनभित्र विवरण नबुझाए तलव निकासा गर्न नसकिने मन्त्रालयले स्पष्ट पारेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत