कोभ्याक्सले ३३ करोड डोज कोरोना खोप वितरण गर्ने
काठमाडौं । वर्षको मध्यसम्ममा विश्वभर ३३ करोड डोज कोरोना खोप वितरण गर्ने कोभ्याक्सले योजना सार्वजनिक गरेको छ । सबै मुलुकमा खोपको पहुँच पु¥याउने उद्देश्यले कोभ्याक्सले विश्वका करिब ३ प्रतिशत जनसंख्यालाई पुग्ने खोप पहिलो चरणमा वितरण गर्न लागेको हो ।
कोभ्याक्सले कम आय भएका मुलुकमा खोपको पहुँचका बारे प्रश्न उठिरहेका बेला योजना सार्वजनिक गरेको हो । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विभिन्न संस्थाद्वारा सञ्चालित कोभ्याक्स योजनाले गरिब मुलुकमा पनि खोपको समान पहुँचका लागि काम गरिरहेको छ ।
वितरित खोप विशेषगरी कोरोनाविरुद्ध अग्रपंक्तिमा खटेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र बढी जोखिमयुक्त मानिसलाई दिइने बताइएको छ । खोपको पहिलो वितरण फेब्रुअरीको अन्तिमतिर हुने अपेक्षा गरिएको छ । ती खोप करिब १४५ देशमा वितरण गर्ने कोभ्याक्सले सार्वजनिक गरेको योजनामा उल्लेख छ ।
हेल्थपाटी 
तपाईँको अभिमत