वुहान प्रयोगशालामै कोरोना उत्पत्ति भएको दावी, अमेरिका पनि दोषी
वैज्ञानिकले कोभिड–१९ भाइरस मानव निर्मित नै भएको दावी गरेका छन्। एक समय चीनको वुहानस्थित प्रयोगशालामा आधारित भएर शोध गरेका वैज्ञानिकले कोभिड–१९ भाइरस मानव निर्मित नै भएको र असावधानीका कारण चुहिएको दावी गरेका हुन्।
न्यूयोर्कस्थित एक सामाजिक संस्थामा कार्यरत महामारीविज्ञ एन्ड्र्यू हफले आफ्नो पुस्तक ‘दी ट्रुथ अबाउट वुहान’ मा यस्तो उल्लेख गरेका छन्।
हफको पुस्तकका केही अंश बेलायती अखबार ‘दी सन’मा प्रकाशित भएको न्यूयोर्क पोस्टले जनाएको छ।
वुहानको जैविक प्रयोगशालाबाट भाइरस लिक भएको वास्तविकता पत्ता नलगाउनु अमेरिकी खुफिया संस्थाको असफलता भएको हफको ठहर छ।
कोरोना महामारी अमेरिकी सरकारले चीनमा गरेको आर्थिक तथा प्राविधिक सहयोगको परिणाम भएको आरोप उनले लगाएका छन्।
चीनले दीर्घकालीन सुरक्षा रणनीतिअनुसार जैविक भाइरस उत्पादन गरेको दावी पुस्तकमा गरिएको छ। भाइरस लिक भएपछि त्यहाँ कार्यरत वैज्ञानिकमा नियन्त्रणको उपायबारे ज्ञान नभएका कारण फैलिएको हफको दावी छ।
२ वर्षभित्रका थुप्रै अध्ययनहरुले पनि यो पुष्टि गर्न उनको जिकिर छ।
‘चीनलाई पहिलो दिनदेखि नै थाहा थियो कि यो आनुवंशिक रूपमा निर्माण गरिएको भाइरस हो’ हफले भनेका छन्।
अमेरिकाले चीनलाई खतरनाक बायोटेक्नोलोजी हस्तान्तरण गरेर गल्ती गरेको हफ बताउछन्।
चीन सरकार र प्रयोगशालाकर्मीहरुले भने कोरोना भाइरस मानवनिर्मित रहेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।
हफले एक अध्ययनका दौरान वुहान जैविक प्रयोगशालामा रहेको सन २०१४ देखि २०१६ सम्म काम गरेको न्यूयोर्क पोस्टले उल्लेख गरेको छ।
हेल्थपाटी
तपाईँको अभिमत