अतिरिक्त सचिवमा डा. ढकाल र डा. श्रेष्ठ बढुवा
अ +
अ -
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अतिरिक्त सचिवमा डा. केशर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठ बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरूलाई रिक्त दुई अतिरिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
अतिरिक्त सचिवका लागि बढुवा समितिले डा. ढकाल र डा. श्रेष्ठसहित डा. सुधा देवकोटाको नाम सिफारिस गरेको थियो।
स्वास्थ्य मन्त्रालयमा चार जना अतिरिक्त सचिवको दरबन्दी रहेको छ। जसमध्ये हाल दुई वटा पद रिक्त थिए ।
रिक्त रहेको पदका लागि २४ जनाले आवेदन दिएका थिए । २४ जनाले आवेदन दिएकामा १ जनाले आवेदन फिर्ता लिएपछि २३ जनामध्ये बढुवा समितिले तीन जनालाई सिफारिस गरेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत