फाइजरको खोपको प्राथमिकतामा स्तनपान गराइरहेका महिला
अ +
अ -
स्तनपान गराइरहेका महिलाहरुलाई फाइजरको खोपको प्राथमिकतामा राखिएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले स्तनपान गराइरहेका महिलाहरुलाई फाइजरको खोपको प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
शुक्रबार मात्रै फाइजर खोपलाई आपत्कालिन प्रयोगको अनुमती दिइएको थियो । सरकारले १२ बर्ष माथिका बालबालिकालाई समेत प्रयोग गर्ने गरी ६० लाख डोज फाइजर खोप खरीद गर्ने योजना बनाएको छ । कोभ्याक्स सुविधाबाट समेत यो खोप नेपालले प्राप्त गर्ने बताइएको छ ।
केही हप्ता भित्रै नेपालमा १ लाख डोज फाइजर खोप आउने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत