नीतिशकाे दाँतमा असाधारण ट्युमर, ८२ वटा दाँतको गुच्छै निकालियो
काठमाडौं । बिहारको आरा जिल्लामा एउटा अचम्मको घटना सामुन्ने आएको छ । १७ वर्षका नीतिश कुमारको चिउँडोमा ८२ वटा दाँत थियो । डाक्टरसमेत नीतिशको स्वास्थ्य अवस्थाबारे चिन्तित थिए ।
यी दाँतहरु सामान्य दाँतभन्दा फरक थिए र समय अनुसार दाँतको आकार पनि बढ्दै गइरहेको थियो । दिल्ली लगायत ठूला-ठूला शहरका अस्पतालहरुमा पनि उपचारका लागि नीतिश गए तर पटनाको इन्दिरा गांधी आयुर्विज्ञान संस्थानको मैग्जिलोफेशियल यूनिटले नीतिशकाे दाँतमा ट्युमर रहेको पत्ता लगायो ।

जब डाक्टरले चिउँडोमा फैलिएको ट्युमरको अपरेशन गरे ८२ वटा दाँतको गुच्छा फेला पारे । डाक्टरहरुले यस्तो घटना अहिलेसम्म बाहिर नआएको दाबी गरेका छन् । आर्युविज्ञान संस्थानका मेडिकल सुपरिटेन्डेन्ट डा.मनीष मंडलका अनुसार नीतिश आफ्नो स्वास्थ्य अवस्थाबारे निकै चिन्तित थिए ।
उनलाई दुखाइको असह्य पीडाका साथै खानपीनमा समेत समस्या आएको थियो । तर मुखको भित्री भागमा कुनै समस्या थिएन बाहिर भने सुन्निएको थियो । नीतिश ५ वर्षदेखि दाँतको समस्याबाट पीडित थिए । आर्युविज्ञानका मैग्जिलोफेशियल यूनिट विभाग प्रमुख डा.प्रियंकर सिंहको नेतृत्वमा ३ घण्टा लगाएर दाँतको जटिल अपरेशन गरिएको छ ।

उहाँका अनुसार दाँतमा नयाँ दाँत उत्पन्न गराउने अर्काे पदार्थ रहेको पत्ता लागेको थियो । डा. प्रियंकरले यो साधारण ट्युमर नरहेको बताउनुभयाे । असाधारण ट्युमर हो जुन अनुवांशिक कारण या चिउँडोमा चोट लाग्दा अथवा दाँत बन्ने प्रक्रियामा आउने समस्याका कारण नीतिशलाई यस्तो समस्या देखिएको हो ।
अपरेशन पछि नीतीशको अवस्थामा सुधार आएको र केही दिनमै डिस्चार्ज हुने डा.प्रियंकरले जानकारी दिनुभएकाे छ ।
हेल्थपाटी
तपाईँको अभिमत