२४ घण्टामा ३१४० काेराेनामुक्त, २८ संक्रमितको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १४० जनाले कोरोना जितेका छन् । याे सँगै निकाे हुनेकाे संख्या २ लाख ७ हजार ९९८ पुगेकाे छ ।
देशभर आज १ हजार ९४८ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त प्रा.डा. जागेश्वर गौतमका अनुसार ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४८ लाई कोरोना पोजेटिभ देखिएको हो ।
काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
यस्तै २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ रहेको छ ।
तपाईँको अभिमत