दाँतको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलद्वारा एक चिकित्सक निलम्बित
दन्त उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले एक जना दन्त चिकित्सकलाई ७ दिनका लागि निलम्बन गर्ने निर्णय गरेको छ।
काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा.अजय कुमार साहलाई सात दिनका लागि निलम्बन गरेको हो।
डाक्टर साहको दर्ता नम्बर २७०५ रहेको छ।
डा.साहको बिरुद्धमा परेको उजुरीमा छानवीन गर्दा क्रममा काउन्सिलले उपचारमा त्रुटि भएको ठहर गरेको हो ।
गतवर्ष चैत ५ गते काठमाडौँको कुलेश्वर निवासी एक २६ वर्षीया महिलाले अत्यधिक दाँत दुखेपछि मीनभवनस्थित डेन्टल भिजन प्रालिमा डा साहसंग चार चरणमा उपचार गराउनु भएको थियो ।
गिजामा संक्रमण, सुजन र असहजता देखिएको र ७ बैशाख २०८२ मा सुनिएको दाँत लिएर क्लिनिमा जाँदा डा साहले सामान्य समस्या भन्दे गम्भीर रुपमा नलिएको आरोप महिलाको थियो ।
आफूले डा.साहबाट राम्रो रेस्पोन्स नपाएपछि अन्य चिकित्सकसंग उपचारका लागि पुगेको त्यहाँ जाँदा आरसीटी अपुरो भएको कारण केश बिग्रिएको र दाँत निकाल्नु पर्ने अवस्था आएकोले आफ्नो उपचारमा लापरवाही भएको भन्दै महिलाले उजुरी दिनुभएको थियो ।
उनले अपुरो उपचारले आफ्नो दाँत निकाल्नु पर्ने अवस्था आएको, स्वास्थ्य समस्याका कारण काम, अध्ययन् र सामाजिक जीवनमा गम्भीर बाधा पुगेको तथा आफ्नो आत्मविश्वासमा समेत गिरावट आएको भन्दै उपचारमा भएको यस किसिमको लापरवाहीको उचित क्षतिपूर्ति हुनु पर्ने भन्दै उजुरी दिनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत