ध्यान केन्द्रित हुँदैन ?, डिप्रेसन हुनसक्छ !

सांकेतिक तस्बिर ।
डिप्रेसन अर्थात उदासिन रोग मानसिक रोगहरूमध्ये सबै भन्दा बढी देखिने गम्भीर प्रकृतिको रोग हो । यस रोगले मानिसको अनुभूति, सोचाइ र व्यवहारमा नकारात्मक असर गर्दछ । जसको कारण व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन ।
उदासिनका केही लक्षणहरू छन् । त्यस्ता लक्षण दुई साताभन्दा बढी समय देखिएमा शंका गर्नुपर्ने हुन्छ ।
– उदासिन रोगले गर्दा मनपर्ने र आफूलाई मन लाग्ने कुराहरू गर्दा पनि मन नलाग्ने र उदास हुने हुन्छ ।
– भावनात्मक र शारीरिक कठिनाई हुने र व्यक्तिको काम गर्ने क्षमतामा पनि कमी आउँछ ।
– आत्महत्या गर्ने विचार आउने ।
– दुखित र निराश मनस्थिति हुने ।
– कुनै कुरामा चाख नहुने र ध्यान केन्द्रित नहुने ।
– रुचिमा परिवर्तन आउने (खान मन नलाग्ने वा धेरै खान मन लाग्ने) ।
– निन्द्रा धेरै लाग्ने वा निन्द्रा नलाग्ने ।
– थकाई महसुस हुने ।
– खुशी हुनुपर्ने कुरामा खुशी हुन नसक्ने ।
– बाँच्नु बेकार छ भन्ने जस्ता भावना उत्पन्न हुने ।
– जीवन मूल्यहिन भएको र भविष्य प्रति कुनै आशा नै नभएको महशुस हुने ।
यस्तो हुनुमा विभिन्न कारणहरू हुन सक्छन् । पारिवारिक समस्या, प्रेममा सम्बन्धमा खटपट, सामाजिक अपेक्षा पूरा नहुनु आदि कारण हुन सक्छन् ।
– घरायसी वातावरण अनुकूल नहुनु ।
– औषधिको प्रतिकूल असर ।
– वंशाणुगत रोग हुनु ।
– एक्लोपना, प्रेममा असफलता, लागु औषध, सूर्तिजन्य पदार्थ, मादक पदार्थको दुर्व्यसन, आर्थिक समस्या, आफ्नो नजिकको मान्छे गुमाउनु ।
– शारीरिक र यौन दुर्व्यवहार, मानसिक तनाव, साथी भाई र पारिवारिक दबाब आदिले गर्दा पनि उदासिन रोग हुने जोखिमलाई बढाउँछ ।
उदासिन रोग लाग्न नदिन रोकथामका उपाय अपनाउन सकिन्छ ।
– बालबालिकाहरूलाई नैतिक, भौतिक र अध्यात्मिक शिक्षा दिने, सहि आचरण तथा वातावरणमा हुर्काउने ।
– किशोरकिशोरीहरूलाई समयमै उचित यौन शिक्षा र घर व्यवहारमा सहभागी गराउने ।
– परिवार तथा समाजमा घुलमिल हुने तथा साथीभाईसँग नियमित समय बिताउने ।
– शारीरिक अभ्यास, योगा तथा ध्यान नियमित गर्ने ।
– आराम र निन्द्राको लागि निश्चित समयमा सुत्ने र निश्चित समयमा उठ्ने, स्वस्थ र सन्तुलित खाना – – खाने, धूम्रपान र मदिरापान जस्ता कुलतबाट टाढा रहने ।
– आमाबाबु वा अभिभावकले आफ्नो छोराछोरीको समस्या समयमै पहिचान गर्ने र उनीहरूसँग समय बिताउने ।
हेल्थपाटी
तपाईँको अभिमत