५० शैंया अस्पतालका लागि १३३ जना नर्स आवश्यक, गोनानको प्रस्तावित जनशक्ति(सूचीसहित)

सरकारी सेवामा आवद्ध नर्सहरुको संघ गोनानले ५० शैंयाको अस्पतालका लागि १३३ जना नर्स आवश्यक पर्ने जनाएको छ ।
न्युनतम सेवा मापदण्डअनुसार गोनानले नर्सिङतर्फ ९ / १० औं तहको (१), ७ / ८ औं तहको नर्सिङ अफिसर (१०) र स्टाफ नर्स (१२२) गरि १३३ जना आवश्यक रहेको सुझाव मन्त्रालयलाई दिएको छ ।
गोनानकी अध्यक्ष कल्पना श्रेष्ठले कुनै पनि स्वास्थ्य संस्थाबाट प्रवाह गर्ने गुणस्तरीय स्वास्थ्य सेवाको लागि नर्सिङ सेवा उत्तिकै अपरिहार्य रहेकाले आफुहरुले बिरामीको अनुपातमा आवश्यक पर्ने नर्सिङ जनशक्ति समावेश गर्न सुझाव दिएको जानकारी दिनुभयो ।
उहाँले मन्त्रालयले नै तोकेको न्युनतम सेवा मापदण्डलाई मध्यनजर गरेर यो नर्सिङ जनशक्ति तोकिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयमा पेश गरिएको दरबन्दी सुझावमा ईमरजेन्सी, आइसियु, एनआइसियु, एचडीयु, मातृस्वास्थ्य, अपरेशन थियटर,पोष्ट अपरेशन, बर्न, सर्जिकल, गाइने, सिएसएसडी, ओसीएमसी, खोप, एफपी क्लिनिक, एबरसन सिई बेडका लागि नर्सिङ जनशक्ति छुट्याएको छ ।
स्वास्थ्य मन्त्रालयले ५० शैंयाको अस्पतालको संगठन संरचना मस्यौदा दरबन्दीका लागि स्वास्थ्यका संघसंस्थाहरुसँग सुझाव लिइरहेको छ ।
gonan darbandi num
तपाईँको अभिमत