५ जना कोरोना संक्रमितको मृत्यु,संख्या १९५९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १९५९ पुगेको छ ।
आज देशभर २६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ३ हजार ५०८ जनाको पीसीआर परीक्षण भएकोमा २६६ जनालाई कोरोना पोजेटिभ देखिएकाे हाे ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६१ हजार ४४४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ४ सय जनाले कोरोना जिते ।
यसैगरी २४ घण्टामा ५ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९५९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ३ हजार ९१९ रहेको रहेको छ ।
तपाईँको अभिमत