विद्यार्थीको उद्दार गर्न नेपाली सेना सहितको स्वास्थ्यकर्मीको टाेली चीन जाने
शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल
काठमाडाैं, २३ माघ । सरकारले चीनमा रहेका विद्यार्थीको उद्दार गर्न नेपाली सेना सहितको स्वास्थ्यकर्मीको टाेली चीन लैजाने तयारी गरेको छ । नेपाल एअरलाइन्सको वाइडबडी विमान मार्फत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको स्वास्थ्यकर्मी टाेली चीन जाने तयारी भएको स्रोतले जानकारी दिएको
छ ।
आवश्यक परेमा ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीलाई पनि फोर्ससंँगै चीन लैजाने योजना सरकारले बनाएको र अब एक – दुई दिनमै विद्यार्थीको उद्दार गर्ने जानकारी स्रोतले दिएको छ ।
विद्यार्थीहरुलाई चीनमा स्वास्थ्य परीक्षण गरिने र परीक्षणका क्रममा कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुलाई उतै आइशोलेसनमा राखेर उपचार गरिने र लक्षण देखा नपरेकाहरुलाई मात्र नेपाल ल्याउने सरकारको योजना छ ।
नेपाल ल्याइसकेपछि त्रिभुवन विमानस्थलमा पनि पुन: स्वास्थ्य परीक्षण गरिने तथा परीक्षणका क्रममा लक्षण देखिए आइशोलेसनमा राखेर उपचार गरिने र लक्षण नदेखिएकालाई तोकिएको क्वारेन्टाइनमा १५ दिन राखिनेछ ।
शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइन स्थल बनाउने सरकारको तयारी छ । चीनबाट १ सय ८० जनाले नेपाल आउन फारम भरेका छन् ।
जगन्नाथ ढकाल
तपाईँको अभिमत